|

काठमाडौं : विजयादशमीपछिको एकादशी, आइबार पनि मान्यजनबाट टीका लगाउने क्रम जारी छ। नवरात्रमा भवानी नवदुर्गाको आराधना गरिएको प्रसाद टीका जमरा मान्यजनको हातबाट लगाउने क्रम विजयादशमीदेखि पूर्णिमासम्म चल्छ।

घरका र नजिक भएका मान्यजनसँग विजयादशमीका दिन टीका लगाउने र भोलिपल्टदेखि टाढा रहेका आफन्तकहाँ जाने चलन छ। भ्याएसम्म दशमीकै दिन टीका लगाउनुपर्छ भन्ने मान्यता छ। विजयादशमीका दिन नभ्याइएका ससुराली, मावली, बुढोमावलीलगायतमा पूर्णिमासम्म टीका लगाउने जाने गरिन्छ।

नवरात्रभर पूजा गरिएका सामग्री तथा जमरा कोजाग्रत पूर्णिमाको बिहान सेलाउने परम्परा छ। नेपालकै कतिपय स्थानमा भने दशमीमा देवी विसर्जन गरी घडा सेलाइन्छ। यी ठाउँमा भने दशमीमा मात्र टीका प्रसाद लगाइन्छ।

विजयादशमीका लागि घर गएकाहरू फर्किने क्रम पनि सुरु हुन्छ। सरकारले दसैंका लागि फूलपाती (बुधबार) देखि द्वादशी (सोमबार) सम्म सार्वजनिक विदा दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.