|

डडेल्धुरा : नेकपा एमालेका उपाध्यक्ष एवंम् प्रदेश नं. ७ का ईन्चार्ज भीम रावलले बाम एकता नेपाली जनताको हितमा भएको बताएका छन्। प्रेस चौतारी नेपाल डडेल्धुराले बिहीबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले बाम पार्टीहरुको एकता राष्ट्र र जनताको हितमा रहेको बताए।

बामपन्थीहरुको कार्यगत एकतापछि पहिलो पटक सुदूरपश्चिम आएका नेता रावलले आफ्नो एकता जनतालाई स्थिर राजनीति दिनको लागि भएको बताए।
उनले लोकतान्त्रिक शक्ति पनि एक हुनु पर्ने धारण राखे। साना–साना पार्टी एक भए स्वागत गर्ने उनको भनाइ छ। ‘६ वटा पार्टी एक भए भन्दैमा हामी अनिष्ट भयो भन्दैनौ,’ उनले भने, हामी अरु पार्टीलाई पनि एक हुन आह्वान गर्दछौँ।’

‘नेपाली कांग्रेसले बाम एकता अस्वभाविक भएको भन्दै चिन्ता जाहेर गर्नुको कुनै औचित्य छैन,’ नेता रावलले भने,‘नेपालमा २००७ सालदेखिको अस्थिर राजनीतिलाई स्थिर बनाउनका लागि वाम एकता आवश्यक थियो।’

सरकार परिवर्तनमा भने आफूहरु ईच्छुक नभएको उनको भनाइ छ। आउने निर्वाचनबाट बहुमत ल्याएर प्रदेश र केन्द्रमा सरकार बनाउने रावलले दाबी गरे। उनले घोषित निर्वाचनलाई गडबढ गर्ने, षडयन्त्र गर्ने, जनताको आफ्ना प्रतिनिधि चुन्ने अधिकारलाई यताउता गर्न खोजिए एमालेले कडा विरोध गर्ने बताए। 

नेपालमा कम्युनिष्ट पार्टीहरुबीच भएको एकतामा बाह्य शक्तिहरुको कुनै हस्तक्षेप नभएको उनले बताए।  

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.