|

जुम्ला : नेकपा एमाले जुम्लाले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारीका लागि १० जनाको नाम सिफारिस गरेको छ। प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारका लागि क्षेत्र नं. १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं. २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरेको छ।

त्यस्तै क्षेत्र नं. १ बाट समानुपातिकमा गंगा महत र आदिप्रसाद न्यौपाने तथा क्षेत्र नं. २ बाट समानुपातिक उम्मेदवार देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको नेकपा सदस्य पदमबहादुर रोकायाले जानकारी दिए।

त्यस्तै, प्रतिनिधिसभाका लागि प्रत्यक्ष उम्मेदवारमा धिरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकतर्फ कालीबहादुर रोकाया र हिमाली खत्रीलाई उम्मेदवारका लागि सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ।

सिफारिस गरेका उम्मेदवारका विरोधमा एमालेको एकपक्षले विरोध गरेको पनि परिषद् सदस्य रोकायाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.