|

जनकपुरधाम : धनुषामा एक नगरपालिकामा नगरसभाको निर्वाचन मतगणना प्रक्रियामा एक जनाले मतपत्र नै मुखमा चपाएर खाइदिएका छन्। धनुषाको नगराईन नगरपालिकामा आइतबार नगरसभाको निर्वाचन पश्चात् मतगणनाको क्रममा कांग्रेसका एक जना उम्मेदवारले मतपत्र खाइदिएका हुन्।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराइन नगरपालिकामा सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण रुपमा हुदै गरेको अवस्थामा एमालेका उम्मेदवारको मतपत्र खाइदिएको प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिएका छन्।

नगराइन नगरपालिकाको सभाहलमा नगरसभा सदस्यहरुका लागि मतगणना जारी रहेको बेला नेपाली कांग्रेसका उम्मेदवार सूर्यनारायण शाहले एमालेका उम्मेदवार अरुणकुमार लालकर्णको मतपत्र हातमा लिएर खाइदिएका थिए। मतपत्र खाने साह प्रहरीले पक्राउ गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.