|

काठमाडौं : चुनावी तालमेल र पार्टी एकीकरणका लागि सहमति गरेका एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनसम्बन्धी कानुन निर्माणका विषयमा पनि समान धारणा बनाउन छलफल सुरु भएको छ। मंगलबार सिंहदरबारमा २ दलका प्रमुख नेताहरु राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुन निर्माणका विषयमा समान धारणा बनाउन आपसी छलफलमा जुटेका हुन्।

संसदको कार्यकाल सकिनै लागेकाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुन बनाउनेलगायतका मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल भएको माओवादी केन्द्रका नेता रामनारायण बिडारीले जानकारी दिए। आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन भएलगत्तै संसदको कार्यकाल सकिन्छ। सोही कार्यकाल अघि नै राष्ट्रियसभा निर्वाचनसम्बन्धि कानुन निर्माण गर्नुपर्ने हुन्छ। सोही विषयलाई छिटो टुंगोमा पु¥याउन प्रमुख प्रतिपक्षी एमाले र सरकारमा रहेको माओवादी केन्द्रबीच समान धारणा बनाउन आन्तरिक छलफल भइको हो। दलहरुबीच एकल वा बहुमतीय कुन प्रणालीबाट राष्ट्रियसभाको निर्वाचन गर्ने भन्ने सम्बन्धमा सहमति जुटन बाँकी छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गर्ने दायित्वबाट सरकार पछि नहट्ने विश्वास व्यक्त गरे। २ दलबीच चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र निर्धारण र चुनावी घोषणा पत्र निर्माणको कामलाई पनि तीव्रता दिइएको छ। एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालबीच चुनावमा तालमेल गर्ने र चुनावपछि पार्टी एकीकरण गर्ने सहमति भएपछि सोही अनुसारको योजना बनाउन कार्यदलस्तरीय बैठक बस्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.