|

संखुवासभा : नेकपा माओवादी केन्द्र जिल्ला समिति सङ्खुवासभाले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। 

प्रनिनिधि सभाका लागि प्रत्यक्ष तर्फ टासिलाक्पा शेर्पा, सीताराम तिम्सिना र छत्रजंग बहादुर कार्कीको नाम सिफारिस गरेको छ। त्यसैगरी समानुपातिक तर्फ कृष्ण जिमी, मेनुका भट्टराई र टेकमान राईको नाम रहेको छ।

प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं. १(क) को प्रत्यक्ष तर्फ पुर्व–सभासद् पूर्णप्रसाद राई र हेमराज खड्काको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फ राजकुमार घिमिरे, माधम थापा र दलबहादुर विश्वकर्माको नाम सिफारिस गरिएको जिल्ला इन्चार्ज आरपी किरातीले जानकारी दिए। 

प्रदेश क्षेत्र नंं. २ (ख) को प्रत्यक्ष तर्फ चन्द्रबहादुर न्यौपाने र पूर्व सभासद् उमा कार्की(विष्ट)को नाम सिफारिस भएको छ। समानुपातिक तर्फ भने लाखमान तामा्, मना सापकोटा र प्रेम बयलकोटीको नाम सिफारिस गरेको जिल्ला इन्र्चाज किरातीले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.