|

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा करेन्ट लागेर १ जनाको ज्यान गएको छ। कटहरिया–९ डुमरियाटोलामा निर्माणाधीन बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको हो।

निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.