|

काठमाडौं : नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। मंसिरमा हुने निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार चयनका लागि बोर्ड गठन गर्न लागेको हो। कांग्रेस विधानमा पार्टीका उम्मेदवारको अन्तिम टुंगो संसदीय बोर्डले लगाउने व्यवस्था छ।

बोर्ड गठनका लागि नेताहरुको नामावली सभापति शेरबहादुर देउवाले तयार पारिसकेको उच्च स्रोतले जानकारी दियो। सम्भवतः आजै नभएमा भोलिसम्ममा बोर्ड गठन हुनेछ। विधानमा संसदीय बोर्ड बढीमा १५ सदस्यीय रहने व्यवस्था भए पनि यसपटक १७ सदस्यीय बनाउन लागिएको स्रोतले जानकारी दियो।

पदाधिकारीबाहेक ८ जना मनोनयन गर्न पाउने प्रवधान भए पनि सभापति देउवाले शीर्ष नेताहरुसँगको सल्लाहमै संख्या बढाएका हुन्। पार्टी संसदीय दलको नेता पदाधिकारी बाहिरको भएमा मात्र १५ सदस्यीय नत्र १४ सदस्यीय बोर्ड गठन गर्नुपर्ने व्यवस्था छ। पार्टी सभापतिसमेत रहेका देउवा नै संसदीय दलको नेता रहेकाले विधानअनुसार यसपटक १४ सदस्यीय बोर्ड गठन गर्नुपर्ने थियो।

प्रस्तावित सूचीमा देउवा पक्षका ९, पौडेल पक्षका ६ र दुवै पक्षमा नरहेका २ नेताको नाम सामेल छ। जसमा पूर्वमहामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य केवि गुरुङको नाम सामेल छैन भने आफूभन्दा जुनियर केही नेता सूचीमा पर्दा बलबहादुर केसी पनि अटाएका छैनन्।

यस्तो छ प्रस्तावित सूची :

१ शेरबहादुर देउवा
२ रामचन्द्र पौडेल
३ शशांक कोइराला
४ सीतादेवी यादव
५ प्रकाशमान सिंह
६ कृष्णप्रसाद सिटौला
७ विमलेन्द्र निधी
८ गोपालमान श्रेष्ठ
९ खुमबहादुर खड्का
१० पूर्णबहादुर खड्का
११ अर्जुननरसिंह केसी
१२ डा. रामशरण महत
१३ चित्रलेखा यादव
१४ महेश आचार्य
१५ बालकृष्ण खाण
१६ डा. प्रकाशशरण महत
१७ ज्ञानेन्द्रबहादुर कार्की

सूचीमा रहेकामध्ये निधि, श्रेष्ठ, केसी, यादव, खाण, कार्की तथा पूर्णबहादुर खड्का र प्रकाशशरण महत देउवा पक्षका हुन्, भने कृष्ण सिटौला र खुमबहादुर खड्काबाहेक बाँकी पौडेल पक्षका। वरिष्ठ नेता पौडेलले पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई पनि बोर्डमा राख्न सभापति देउवालाई दबाब दिइरहेको स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.