|

काठमाडौं : भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतनत्रका मुख्य सूचक फेरि धमिलिएका छन्। बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार नहुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका कारण समग्र अर्थतन्त्र खस्किँदै गएको हो।

साउनदेखि सुरु आर्थिक वर्ष २०७४/७५ को पहिलो दुई महिनामा राजस्व लक्ष्यअनुसार उठेको छैन। राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउन महिनामा देश भित्रिनेभन्दा बाहिरिने रकम बढी भएकाले मुलुकले अन्तर्राष्ट्रिय कारोबारमा करिब ३ अर्ब रुपैयाँको खुद घाटा बेहोरेको छ। निर्यात घट्दोक्रममा छ भने अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाहमा पनि सुधार हुन सकेको छैन।

अर्थतन्त्रमा करिब ८ प्रतिशत हिस्सा राख्ने धानखेती पूर्वका जिल्लामा गएको बाढीपहिरोका कारण क्षति पुगेको छ। सरकारको जथाभावी भुक्तानीलेसमेत चालु खर्चमा ठूलो दबाब परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.