|

दाङ : प्रहरीले शान्तिनगर गाउँपालिकाका अध्यक्षको घरमा छापा मारी जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले शान्तिनगर गाउँपालिकाका–२ बाघमारेस्थित अध्यक्ष कमानसिंह डाँगीको घरमा छापा मारी ९ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राकेश डाँगी, गोविन्द बस्नेत, हर्कबहादुर विष्ट, मीनबहादुर खड्का, वीरबहादुर विष्ट, राम चौधरी, रत्नबहादुर विष्ट, कर्णबहादुर परियार र डिल्लीबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए।  प्रहरीले उनीहरूको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैयाँ बरामद गरेको हो।  

पक्राउ परेकालाई जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ। गाँउपालिका अध्यक्ष डाँगी असार १४ भएको स्थानीय तहको चुनावमा काग्रेसको तर्फबाट निर्वाचित भएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.