|

काठमाडौं : व्यवस्थापिका संसदको बिहीबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफल नहुने भएको छ। सभामुख ओनसरी घर्तीले विधेयक संसदमा पारित गर्नका लागि बिहीबार छलफल गरे पनि सहमति हुन नसकेपछि कार्यसूचीमा नै समावेश नगरिएको हो।

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी उक्त विधेयक पारित गर्नुपर्ने माग राख्दै आमरण अनसनमा छन्। उनले माथेमा कार्यदलको प्रतिवेदनको सुझाव समेटेर विधेयक पारित गर्नुपर्ने माग गरेका छन्।

बिहीबार सभामुख ओनसरी घर्तीले विधेयक पारितमा सहमति खोज्न उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मासँग छलफल गरेकी थिइन्। तर पारित गर्ने विषयमा सहमति नभएपछि कार्यसूचीबाट हटाइएको छ।

बिहीबारको संसद बैठकको कार्यसूचीमा राजर्षि जनक विश्वविद्यालय विधेयक २०७४ पारित कार्यसूचि छ। त्यस्तै संसद बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.