|

  • महेश्वर अधिकारी

बारा : नेकपा (माओवादी केन्द्र) ले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाराका २ क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र रहेको बारामा माओवादीले क्षेत्र नम्बर १ र ३ बाट उम्मेदवार सिफारिस गरेको हो। क्षेत्र नम्बर १ मा जिल्ला संयोजक तथा सचिवालय सदस्य गोपाल ठाकुर र पोलिटब्यूरो सदस्य तपेश्वर राय चौधरीको नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएको छ।

यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्षमा युवा नेता रविराज दंगालको नाम सिफारिस भएको छ। १ (ख) मा राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रीय सचिव भरत भण्डारी, बुद्धिजीवी संगठनका राजुप्रसाद अधिकारी, तराई यातायात संघ बारा–सिमराका सचिव देव श्रेष्ठ, महिला नेतृ गीता कंडेल तथा केन्द्रीय सदस्य अशोक लामाको नाम सिफारिसमा परेको छ।
 
क्षेत्र नम्बर ३ बाट प्रतिनिसभा सदस्यतर्फ पूर्व सभासदद्वय ज्वाला साह, जयराम दाहाल तथा पोलिटब्यूरो सदस्य अनिल श्रेष्ठको नाम सिफारिस गरिएको माओवादीले जनाएको छ। कलैया र कोहल्बीमा बसेको क्षेत्रीय कमिटीको छुट्टाछुट्टै बैठकले उम्मेदवार सिफारिस गरेको हो।

प्रतिनिधसभाका लागि पुरानै र प्रदेशमा अधिकांश नयाँ अनुहार

तिनिधिसभातर्फ सिफारिसमा परेका सबै पुरानै अनुहार हुन्। क्षेत्र नम्बर १ मा जिल्ला संयोजक तथा सचिवालय सदस्य गोपाल ठाकुर पूर्व सभासद् हुन्। उनी २०६४ सालमा नेकपा एमालेका तर्फबाट समानुपातिक सभासद् बनेका थिए। यस्तै पोलिटब्यूरो सदस्य तपेश्वर राय चौधरी साविक बारा क्षेत्र नं. ५ मा २०६४ र २०७० को निर्वाचनमा माओवादीबाट प्रत्यक्ष उम्मेदवार बनेका नेता हुन्।

त्यस्तै क्षेत्र नम्बर ३ बाट प्रतिनिसभा सदस्यतर्फ सिफारिसमा परेकी ज्वाला साह पूर्वमन्त्री हुन्। उनी २०७४ मा माओवादीको तर्फबाट समानुपातिक सभासद हुँदा दुईपटक राज्यमन्त्री बनेकी थिइन्। दोस्रो संविधानसभा निर्वाचनमा २०७० साविक क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ चुनाव लडे पनि पराजित भएकी थिइन्।

सिफारिसमा परेका जयराम दाहाल पूर्व सभासद् हुन्। उनी २०६४ सालमा साविक क्षेत्र नं. ६ बाट एमालेका उम्मेदवार पुरुषोत्तम पौडेललाई पराजित गर्दै निर्वाचित भएका थिए। सिफारिसमा परेका पोलिटब्यूरो सदस्य अनिल श्रेष्ठ २०६४ मा पर्साबाट र २०७० मा बारा क्षेत्र नं ६ बाट चुनाव लडेका थिए। दुवै निर्वाचनमा उनी पराजित भए।

माओवादी केन्द्रले सिफारिस गरेका प्रदेशसभा निर्वाचनका आकांक्षीको सूचीमा अधिकांश नयाँ र युवाले ठाँउ पाएका छन्। प्रदेशसभातर्फ सिफारिसमा परेकी महिला नेतृ कंडेल भने २०६४ सालमा समानुपातिक सूचीमा थिइन्। तर, उनी सभासद भने बन्न पाइनन्।

यसपटक सिफारिसमा पर्नेमा शिक्षकदेखि व्यवसायीसम्म छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.