|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ७ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ऐन राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४, राष्ट्रिय समावेशी आयोग विधेयक २०७४, आदिवासी जनजाति आयोग विधेयक २०७४, मधेसी आयोग विधेयक २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक २०७४ प्रमाणीकरण गरेकी हुन्।

त्यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक २०७४ र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक २०७४ पनि प्रमाणीकरण भएको छ। विधेयक प्रमाणीकरण गरेपछि तिनीहरुले ऐनको रुप लिनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.