|

दाङ : नेकपा एमाले दाङले तेस्रोलिंगी शिल्पा चौधरीलाई समानुपातिक सांसदका लागि नाम सिफारिस गरेको छ। दाङ क्षेत्र नम्बर १ को (ख) बाट चौधरीलाई समानुपातिक तर्फको बन्द सूचीमा नाम समावेश गर्न एमाले दाङले पार्टी केन्द्रीय कार्यालयमा नाम सिफारिस गरेको जिल्ला अध्यक्ष टीकाराम खड्काले जानकारी दिए।

शिल्पा एमाले जिल्ला कमिटी सदस्य, अखिल नेपाल महिला संघको जिल्ला सदस्य एवं पार्टीको आर्थिक विभागको सदस्य छिन्। उनले जनप्रतिनिधि बनेर आफ्नो क्षेत्रको विकास गर्ने इच्छा रहेको प्रतिक्रिया दिएकी छन्। पार्टीले आफूलाई सांसद बनाएर आफ्नो क्षेत्रको विकास गर्ने चाहना पूरा गरिदिनेमा शिल्पाको विश्वास छ। शिल्पा ५ वर्षदेखि नेकपा एमालेमा क्रियाशील छिन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.