|

बारा : नेपाल तेक्वान्दो संघको केन्द्रीय अध्यक्षमा पुनः प्रकाशशम्शेर जबरा निर्वाचित भएका छन्। बाराको सिमरामा शनिबार भएको संघको तेश्रो केन्द्रीय महाधिवेशनले पुनः जबराको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।

संघको उपाध्यक्षहरुमा नन्दकुमार राई, भोजबहादुर शाह, सञ्जीव रेग्मी र हरि पोखरेल चयन भएका छन्। संघको महासचिवमा दिपराज गुरुङ, कोषाध्यक्षमा कासिम मियाँ चयन भएका संघका बारा जिल्ला अध्यक्ष गुरुप्रसाद गौतमले जानकारी दिए। ४१ जिल्लाका दुई सय भन्दा बढी प्रतिनिधिहरु अधिवेशनमा सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.