|

पोखरा : पोखराको फेवातालमा सोमबार दिउँसो खसेको सातवटा प्याराग्लाइडिङबाट १४ जनाको उद्धार गरिएको छ। सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालको किनारतिर आउँदै गर्दा हावाहुरी चलेकाले तालमा खसेको थियो।

दुई/दुई जनासहित उडेको प्याराग्लाइडिङ फेवातालमा खसेपछि नजिकै रहेको बैदाम प्रहरी चौकीका प्रहरीहरुले उद्धार गरेका हुन्। डुंगासहित तालमा गएर उनीहरुले प्याराग्लाइडिङका चढेका पर्यटकहरुको उद्धार गरेका हुन्। सात वटा प्याराग्लाइडिङबाट १४ जनाको उद्धार गरिएको प्रहरी चौकी बैदामका प्रहरी निरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

उद्धार गरिएका १४ जनामध्ये एक जना तालमा डुबेर घाइते भएकाले पोखराको मेट्रोसिटी अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए। अरुको अवस्था भने सामान्य छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.