|

  • पेमा लामा-

काभ्रेपलाञ्चोकः जिल्ला प्रहरी कार्यालय धुलिखेलले सोमबार दिउँसो बनेपा नगरपालिका– ७ चारदोबाटोबाट अवैध रूपमा बिक्री वितरण गर्न लागेको ठूलो परिमाणमा रहेको विष्फोटक पदार्थजन्य पटका तथा आतासबाजी बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले तिराह पर्वलाई मध्यनजर गर्दै बजार अनुगमन गर्ने क्रममा सो पदार्थ बरामद गरिएको बताए। ‘प्रहरीलाई चारदोबाटोमा रहेको उपहार खेलौना पसलका सञ्चालक विकास श्रेष्ठले अबैध रूपमा विष्फोटक पदार्थजन्य पटका तथा आतासबाजी बिक्री वितरण गर्दै आएको भन्ने जानकारी आएपछि उक्त पसलमा खानतालासी गर्ने क्रममा १० कार्टुन विष्फोटक पदार्थजन्य पटका तथा आतासबाजी बरामद गरिएको हो’, मरासिनीले भने। मरासिनीले सञ्चालक श्रेष्ठलाई विष्फोटक पदार्थ ऐन, २०१८ अन्तर्गत कारवाही हुने बताए। मरासिनीका अनुसार बरामद पदार्थ करिब तीन लाख रुपैयाँ बराबरको रहेको छ।

उक्त सामग्री बिक्री वितरणमा संलग्न पसल सञ्चालक श्रेष्ठलाई जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलबाट म्याद थप गरी कारवाही भइरहेको मरासिनीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.