|

तनहुँ : आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरीमा तनहुँबाट आवश्यकभन्दा तेब्बर आवेदन परेको छ। बेरोजगारीका कारण म्यादी प्रहरीमा भर्ति हुन चाहनेको भीड लागेको हो।

९ सय जनाका लागि दर्खास्त आह्वान गरिएकोमा २ हजार ७१० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। ‘म्यादी प्रहरीका लागि करिब ९ सय जनाको आवेदन लिन सकिने व्यवस्था रहे पनि मागभन्दा तेब्बर युवाले आवेदन दिएका छन्,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘बेरोजगारीको समस्याले गर्दा म्यादी प्रहरीमा आवेदन दिने युवाहरुको भीड लागेको हो।’

अन्तिम दिन सोमबार मात्र १ हजार २४६ जनाले आवेदन दिएको प्रहरीले जनाएको छ। सेवानिवृत्त नेपाल प्रहरी १४, सशस्त्र प्रहरी १, नेपाली सेनाका ३६ र भारतीय सेनाका १ जनाले आवेदन दिएको प्रहरी निरीक्षक नविन घिमिरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.