|

दाङः दाङमा प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ। 

सोमबार राती घोराही उपमहानगरपालिका– १३ मा महावीर पुनको घरमा अवैध रूपमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहको कमाण्डमा जुवा भईरहेको स्थानमा पुगेको प्रहरी टोलीले जुवा खेलाउने र खेल्ने १३ जनालाई रकमसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घरधनी महावीर पुन, घोराही उपमहानगरपालिका– १८ बस्ने ४१ वर्षका बिक्रम सुनार, सोही ठाउँका ४५ वर्षका प्रकाश घर्ती मगर, ३० वर्षका कुमार बुढा, ४० वर्षका प्रज्वल पुन, घोराही– १३ का ४५ वर्षका धनबहादुर घर्तीमगर, २५ वर्षका वीरबहादुर चौधरी, २८ वर्षका श्याम जीसी छन्।

यसरी नै घोराही– १८ का ३२ वर्षका कविराज पुन, ४५ वर्षका जमान पुन, ३६ वर्षका रामबहादुर घर्तीमगर, ४३ वर्षका रमेश बुढा र ३५ वर्षका इमान घर्ती पनि पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।

उनीहरूको साथबाट एक लाख ४२ हजार ११६ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.