|

  • भूपाल थापा-

कपिलवस्तुः जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सीमावर्ती क्षेत्रहरूमा चेकजाँचको क्रममा तीन लाख रूपैयाँभन्दा बढीको अवैध बिष्फोटक पदार्थ बरामद गरेको छ। जिल्लाको सीमावर्ती नाका कृष्णनगर, मर्जादपुर र चाकरचौडा नाकाबाट चेकजाँचको क्रममा यो परिमाणको बिष्फोटक पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

चाडपर्वका बेला सीमानाकामा हुने अवैध बिष्फोटक पदार्थको चोरी निकासीलाई कडा चेकजाँच गरिएको छ। तराई क्षेत्रमा तिहारको समयमा बढी पटकाको प्रयोग हुने र यसले गर्दा आगलागी, अराजकता हुनसक्ने संभावना बढी हुने भएकाले यस्ता घटना हुन नदिन विशेष सुरक्षाको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक प्रह्लाद अधिकारीले बताए।

सुरक्षा संयन्त्रहरूसँग समन्वय गरी मोबाइल गस्ती, साइकल गस्ती, सरप्रराइज चेकिङलगायतका सुरक्षा नीति अपनाइएको अधिकारीले बताए। सुरक्षालाई ध्यान राखी देउसी भैलो कार्यक्रम राती ९ बजेसम्म खेल्न पाइने व्यवस्था गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.