|

चितवन : देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा तीन दिनअघि डुबेर बेपत्ता भएका दाजुभाइको अवस्था अझै अज्ञात छ।

बिहीबार श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । 

चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले प्रहरी टोली परिचालन गरेर विभिन्न क्षेत्रमा खोजी गरिएपनि अवस्था पत्ता लगाउन नसकिएको बताए। एक जना डुबेपछि उद्धार गर्न खोज्दा अर्का भाइ पनि डुबेको हुनसक्ने प्रहरीको आशंका छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.