|

दमक: झापाको दमकमा एक भुटानी शरणार्थी वृद्धको लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा भुटानी शरणार्थी शिविर बेल्डाँगी–२ सी ४ छाप्रो नम्बर ४४ का ७१ वर्षका विष्णुकुमार घले रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनी आइतबार दिउँसो दमक- ५ स्थित क्याम्पस मोड छेउमा लडेर अचेत अवस्थामा फेला परेका थिए।

उनको उपचारको क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। घलेका छोरा प्रकाश घले गत असोज २४ गते दुर्घटनामा परी गम्भीर घाइते भएको र बिर्तामोडस्थित वी एण्ड सी अस्पतालमा उपचारत छन्।

उनी छोरा प्रकाशलाई भेट्न भन्दै आइतबार घरबाट हिँडेका थिए। अत्यधिक मिदरा सेवन गरेका उनको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.