|

  • पदम बडाल-

दार्चुलाः दार्चुलामा एक प्रतिनिधिसभाका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।

प्रत्यक्षतिर पहिलो हुने जित्ने प्रणाली अन्तर्गतको निर्वाचन प्रक्रियामा भाग लिन एमाले–माओवादी गठबन्धन, नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, जन समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिएका हुन्।

प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनले एमाले निवर्तमान सांसद गणेशसिंह ठगुन्ना, नेपाली कांग्रेसले विक्रमसिंह धामी, नयाँ शक्ति पार्टी नेपालले जितेन्द्रसिंह महर, जन समाजवादी पार्टीले धनबहादुर कुँवर र राष्ट्रिय जनमोर्चाले मनवीर दमाईंको उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालीले जानकारी दिए।

दुई प्रदेश सदस्यका लागि दश जनाको दाबी
दार्चुलाका दुई प्रदेश सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका छन्। जिल्लाको प्रदेश निर्वाचन क्षेत्र १ बाट नयाँ शक्ति पार्टी नेपालका नन्दसिंह महर, वाम गठबन्धनबाट एमालेका गेल्बुसिंह बोहरा, नेपाली कांग्रेसका मदन गिरी, जन समाजवादी पार्टीका मनोजराम दमाईं र राष्ट्रिय जनमोर्चाका मदनराम दमाईंले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यसैगरी क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टी नेपालका बहादुरसिंह ठगुन्ना, स्वतन्त्र उम्मेदवार रघुविरसिंह ठगुन्ना क्षेत्री, वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर धामी, नेपाली कांग्रेसका जगदीशबहादुर पाल र जन समाजवादी पार्टीका तर्फबाट हरिभानसिंह ठगुन्नाले उम्मेदवारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.