अरु पार्टीका को-को हुन् उम्मेदवार

|

  • ​अर्जुन बोहरा​

हुम्ला: चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दुई दलबाट उम्मेदवार टुङग्याएका छन्। तर, विभिन्न जिल्लामा पार्टी केन्द्रले गरेको निर्णयको प्रभाव देखिएको छैन। पहिलो चरणको निर्वाचनको लागि आइतबार मनोनयन दर्ता गराउदा कतै सहमति अनुसार उम्मेदवारी दर्ता भएन त कतै असतुष्ट पक्षले बागी उम्मेदवारी दिए।

प्रतिनिधि सभाको लागि एउटा निर्वाचन क्षेत्र रहेको हुम्लामा सात जनाले उम्मेदवारी दर्ता गएका छन्। यहाँ बामगठबन्धन भित्रै वागी दुई उम्मेदवार देखिएका छन्। वाम गठबन्धनतका तर्फबाट एमाले र माओवादी केन्द्र, नेपाली कांग्रेस, नयाँ शक्ति नेपाल, राप्रपा र जन समाजवादी पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्।

बागीको समस्या

प्रतिनीधिसभाको लागि एउटा निर्वाचन क्षेत्र रहेको हुम्लामा बाम गठबन्धनको तर्फबाट एक जनाको उम्मेदवारी हुनु पर्ने हो। यहाँ माओवादी केन्द्रको भागमा टिकट परेको छ। जस अनुसार माओवादी केन्द्रका छिमी दोर्जे लामाले उम्मेदवारी दर्ता गराएका छन्। तर, छिमी राम्रो उम्मेदवार नभएको भन्दै माओवादी केन्द्रा दुई उम्मेदवारले बागी उम्मेदवारी दिएका छन्।प्रतिनिधि सभाको लागि माओवादी नेता तथा पूर्व मन्त्री छक्कबहादुर लामा र अर्का नेता सोनाग्याल्जन लामाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै प्रदेशसभामा  प्रदेश क बाट एमालेका दल रावल र ख बाट माओवादी केन्द्रका विजय भण्डारीले उम्मेदवारी दिएका छन्। तर स्तन्त्र रुपमा प्रदेससभाको लागि माओवादीका लालकेश जैसीले उम्मेदवारी दर्ता गरेका छन्। माओवादीको भागमा परेको टिकट अन्तमा एमालेलाई दिएको भन्दै उनले उम्मेदवारी दर्ता गराउका हुन्।

अन्य पार्टीका को-को हुन् उम्मेदवार?

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको लागि मंगल शाहीले उम्मेदवारी दिएका छन्। त्यस्तै प्रदेससभाको लागि क बाट ठानबहादुर रोकाया र 'ख'बाट जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन्।

जन समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभामा रणबहादुर रम्तेल प्रदेससभामा 'क'मा जयधन सुनार र 'ख'मा जय बोहराले उम्मेदवारी दर्ता गरेका छन्।

नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभामा तुलराज शाही र प्रदेससभातर्फ 'क'मा धर्मराज जैसी र 'ख'मा  प्रेमबहादुर शाहीले उम्मेदवारी दर्ता गराउको निर्वाचन आयोगले जानकारी गराएको छ।

त्यस्तै राप्रपाले प्रतिनिधि सभामा लालबहादुर शाही र प्रदेससभामा 'क'मा कालिबहादुर शाही र 'ख'मा भ्याल्ली भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.