|

काठमाडौं : मागअनुसार आपूर्ति नभएपछि तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ। हिन्दुहरुको महान चाड दसैं र तिहारको बीचमा तरकारी आपूर्तिमा ह्वात्तै कमी आएपछि राजधानी काठमाडौंमा तरकारीको मूल्य अकाशिएको हो।

अघिपछि खचाखच तरकारी पाइने काठमाडौंको  कालिमाटी फलफूल तथा तरकारी विकास समिति र  बल्खु कृषि तथा तरकारी बजारमा अहिले पर्याप्त तरकारी आउन नसकेपछि त्यसको प्रत्यक्ष प्रभाव मूल्यमा देखिएको छ। सर्वसाधरणको भान्सामा दैनिक उपभोगमा आउने आलु, प्याज, टमार, काउली लगायत तरकारीको मूल्य दसैं अघिको तुलनामा दोब्बर भएको छ।

दसैंअघि प्रतिढक ४ सय रुपैयाँमा पाइने काउलीको थोक मूल्य अहिले ८ सय रुपैयाँ पुगेको छ। त्यसैगरी २ सय रुपैयाँ प्रतिढकको लौका अहिले ३ सय ५० रुपैयाँ पर्छ। दसैं अगाडि १ सय ५० रुपैयाँ प्रति ढकमा पाइने टमाटर अहिले ४ सय ५० देखि ५ सय रुपैयाँसम्म पुगेको छ।

असोज–कात्तिकको समयमा तरकारीको उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार मागको वैज्ञानिक विश्लेषण गरी उत्पादनमा वृद्धि गर्न नसक्नु तथा उपभोक्ताको विकल्पका रुपमा बजारमा तरकारी प्रशस्त आउन नसक्नुले मूल्य बढेको व्यवसायीको र्तक छ। 

यस्तै चाडवाड मनाउन सबै व्यस्त भएपछि कामदारको अभावमा कृषकको बारीबाट बजारसम्म तरकारी आउन नसकेकाले पनि मुल्य प्रभावित बल्खु कृषि तथा तरकारी बजार समितिका अध्यक्ष मोहन बस्नेत बताउँछन्। दसैंतिहारमा बढेको मूल्य सामान्य अवस्थामा आउन झण्डै ५ महिना लाग्ने व्यवसायीहरु बताउँछन्।

प्रतिकुल सिजनमा उत्पादन नबढ्ने तथा लौका लगायत केही तरकारी भारतबाट ल्याउनुपर्ने भएकाले स्वदेशी उत्पादन नबढेसम्म तरकारीको मुल्यमा खासै कमी आउन नसक्ने बस्नेतको भनाइ छ। राजधानी काठमाडौंैमा सर्लाही, चितवन, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोक, भक्तपुरलगायत स्थानबाट तरकारी आउने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.