|

विराटनगरः मंसिरमा हुने निर्वाचनका लागि म्यादी प्रहरी बन्न मोरङ जिल्लामा छ हजार २२९ जनाले लिखित परीक्षा दिएका छन्। म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्ती परीक्षा पास गरेका छ हजार बढीले लिखित परिक्षा दिएका हुन्।

जिल्लामा तीन हजार १५७ जना म्यादी प्रहरीको कोटा रहेको छ। विराटनगरस्थित शहीद रंगशालाको खुला मैदानमा लिइएको परीक्षामा ४० मिनेटको समयावधिमा परीक्षार्थीलाई १०० पूर्णांकका २५ वटा प्रश्न सोधिएको थियो।

परीक्षाको नतिजा बुधबार ३ बजे प्रकाशन गरिने मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बीसीले जानकारी दिए। म्यादी प्रहरीमा भर्नाका लागि मोरङबाट ११ हजार १३७ जनाले आवेदन दिएकोमा शारीरिक तन्दुरुस्ती परीक्षमा दुई हजार ४७० जना असफल र दुई हजार ४३८ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.