|

उदयपुर : घरायसी विवादमा उदयपुरका एक व्यक्तिले सहोदर दाजुको हत्या गरेका छन्।  बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेमा सोमबार साँझ भाइले खुकुरी प्रहार गरी आफ्नै दाजुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

घरायसी विवादमा ३५ वर्षीय भाइ कृष्ण सदाले ४५ वर्षीय दाजु विषे सदाको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए। खुकुरी प्रहार गर्न नदिन छेक्न खोज्दा मृतककी पत्नी सोमनी सदा घाइते भएकी छन्। उनको दाहिने हातमा गहिरो चोट लागेको एसपी भट्टले जानकारी दिए।

दाजुको हत्यापछि कृष्ण फरार छन्, घाइते सोमनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.