|

महोत्तरी : मालपोत कार्यालय सर्लाही हरिवनका नायब सुब्बा ईश्वरीप्रसाद दाहाल सेवाग्रहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ५ हजार रुपैयाँ घुस लिँदै गर्दा दाहाललाई पक्राउ गरेको हो।

मालपोत कार्यालय हरिवनमा कार्यरत नासु दाहालले बाटोको रजिस्ट्रेसन पास गरिदिने भन्दै उक्त रकम मागेको सेवाग्राहीले बताएका छन्। दाहाललाई बर्दिवासस्थित कार्यालयमा राखर बयान लिने काम भइरहेको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.