|

काठमाडौं : राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ। कर्पोरेट कार्यालयरु रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीले खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत पञ्जाबका जसवीर सिंह र अरविन्द सिंह रहेका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार पक्राउ परेलगत्तै गरिएको अनुसन्धानमा उनीहरु सुटर रहेको खुलेको छ। मंगलबार मात्रै भारतीय गाडी लिएर काठमाडौं आएका उनीहरुले बुधबार साँझ हेरिटेज प्लाजास्थित गण्डकी खाजा घरमा खाजा खाएका थिए। सो को बिल २२ सय रुपैयाँ उठेपछि महंगो भएको भन्दै निहुँ खोजेका थिए।

वादविवादकै क्रममा उनीहरुले आफूहरु प्रहरी भएको भन्दै पेस्तोल निकालेर एक राउण्ड फायर गरेका थिए। त्यसपछि उनीहरु भागेका थिए। भाग्दै गर्दा कमलपोखरी र दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सो घटनापछि प्रहरीले हतियार ल्याउनुको प्रयोजन र फायर खोल्नुको कारणबारे अनुसन्धान थालेको छ।

महानगरीय आयुक्त कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले पक्राउ परेका दुवै भारतीय नागरिक मंगलबार मात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं आएका थिए। प्रहरीले उनीहरुलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको थियो। उच्च प्रहरी स्रोतले उनीहरु ठूलै घटना गराउन काठमाडौं छीरेको हुनसक्ने आशंका गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.