काठमाडौं : गायक तथा संगीतकार अनिल सिंहको नयाँ गीत सार्वजनिक भएको छ। 'सेल्फी क्वीन' बोलको उक्त गीतमा रविना थापा र अनिलले स्वर दिएका छन्। नरेश भट्टराईको शब्द रहेको उक्त गीतको भिडियोमा चर्चित कमेडियन सन्दीप क्षेत्री र गायिका रविना फिचरिङ छन्। रंग पत्रकार सुव्रत आचार्यले निर्देशन गरेको भिडियोमा सुशील नेपाल र राजेश थापालाई पनि देख्न सकिन्छ।
'फलो मि' एल्बममा समावेश यस ‘सेल्फी क्वीन’ गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीको छायांकन रहेको यस भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन्।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।