|

सल्यान : बन्गाड कुपिण्डे नगरपालिकाका एक जना भेरी नदीमा डुबेर बेपत्ता भएका छन्। बन्गाड कुपिण्डे– २ भर्सिलका ४७ वर्षीय देवबहादुर राना सुर्खेतको तारकुलाबाट पसलको सामान ल्याएर फर्किने क्रममा बिहीबार साँझ नदीमा डुबेका हुन्। 

कल्याण भन्ने स्थानबाट नदी तर्ने क्रममा डुबेर बेपत्ता भएको छोरा गोविन्द रानाले जानकारी दिए। रानाको खोजी जारी राखेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ। रानाको खोजीका लागि प्रहरी र स्थानीयबासी जुटेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.