|
माओवादी केन्द्रबाट मोरङ क्षेत्र नं. ३ प्रदेशसभामा (क) मा उम्मेदवार बनेकी गीता तिम्सिना (अनु)।

विराटनगर : मोरङमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ १८ निर्वाचन क्षेत्र रहेकोमा ठूला दलबाट एकजना मात्र महिला उम्मेदवार प्रतिस्पर्धी बनेकी छन्। प्रतिनिधिसभाका ६ क्षेत्र र प्रदेशसभाका १२ क्षेत्रमध्ये क्षेत्र नं. ३ को (क) प्रदेशसभामा माओवादी केन्द्रकी गीता तिम्सिना (अनु) एक मात्र महिला उम्मेदवार बनेकी हुन्।

जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसले प्रत्यक्षतर्फ एकजना पनि महिलालाई उम्मेदवार बनाएनन्। मधेसकेन्द्रित दलहरुबाट पनि महिला उम्मेदवार बनेका छैनन्। चुनावका आकांक्षी रहे पनि सबै महिला नेत्रीहरु अन्तिम समयमा बाहिरिएका छन्।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य रहेकी तिम्सिना जनयुद्धको समयदेखि नै माओवादीमा सक्रिय महिला नेत्री हुन्। अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै केन्द्रीय सचिव रहिसकेकी उनी हाल माओवादी केन्द्रको जिल्ला सहसचिव हुन्। मोरङको बेलबारी निवासी तिम्सिना वाम गठबन्धन मात्र नभएर प्रमुख दलहरुकी एक मात्र महिला उम्मेदवार बनेकी छन्।

क्षेत्र नं. ५ को (ख) नेपाली काग्रेसबाट जस्मिन मण्डल प्रदेशसभातर्फ आकांक्षी रहे पनि उनले उम्मेदवारी नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी छन्। उनी राजपाका नेता बद्री मण्डलकी भतिजी हुन्। मण्डलले भने राजपाबाट क्षेत्र नं. ५ को प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.