|

वीरगञ्ज : राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मी र महासचिव शिव पटेलले शुक्रबार पार्टी परित्याग गरेका छन्।

उपाध्यक्ष कुर्मी र महासचिव पटेलले स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि टिकट वितरणमा जथाभावी भएको भन्दै विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनीहरुले राजपाले पार्टीका पुराना र इमान्दार नेता,कार्यकर्तालाई टिकट वितरण नगरेर पार्टीलाई जिल्लाबाट समाप्त गर्ने कार्य गरेकोले आफूले नैतिकताको आधारमा राजीनामा दिएको विज्ञप्तिमा जनाएका छन्। नेता कुर्मी र महासचिव पटेलले आफूहरु कुनै पार्टीमा नगई अब स्वतन्त्र रुपमा मधेस र मधेसीको हक अधिकारको लागि काम गर्ने बताएका छन्।

बागी उठेपछि राजपा वरिष्ठ नेता कर्णलाई सकस

मधेसी दलको गठबन्धनबाट राजपाको भागमा परेको पर्सा क्षेत्र नम्बर ४ मा बागी उम्मेदवार भएपछि राजपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण संकटमा परेका छन्।

पर्सामा राजपा नेपालको भागमा परेको क्षेत्र नं.४ बाट पार्टीका वरिष्ठ नेता तथा निवर्तमान सांसद लक्ष्मण लाल कर्णले उम्मेदवारी दर्ता गराएका थिए। नेता कर्णले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गराएपछि राजपाका जिल्ला अध्यक्ष रहेका इमदाद राउत गदीले बागी उम्मेदवारको रुपमा नेपाल संघीय सामाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीका जिल्ला अध्यक्ष रहेका गदीले वर्षौदेखि पार्टी र जनतामा आफ्नो लगानी रहेकोमा पार्टीले मुल्याङ्कन नगरेकाले बागीको रुपमा उम्मेदवारी दिएको बताउँदै जसरी पनि चुनाव जितेर देखाउने दाबी गरे। राजपाका वरिष्ठ नेता कर्णको विरुद्धमा बागी उम्मेदवारी दिएपछि मतविभाजन हुन सक्ने भएकाले चुनाव जित्न सकस हुने यहाँका राजनितिक विश्लेषकको बुझाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.