|

  • मनोज भट्टराई-

ओखलढुंगा : १० मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि ओखलढुंगामा विभिन्न पार्टीका उम्मेदवारले गाउँगाउँमा चुनावी अभियान सुरु गरेका छन्। जिल्लाका गाउँगाउँमा पुगेका उम्मेदवारले दैनिक बिहानैदेखि घरदैलोमा र चुनावीसभामा व्यस्त बन्न थालेका छन्।

उम्मेदवारहरु गाउँगाउँमा पुग्न थालेसँगै चुनावी माहोल पनि बढेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेको ओखलढुंगामा २१ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

ओखलढुंगामा वाम गठबन्धन र कांग्रेस उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। जिल्लामा वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा यज्ञराज सुनुवारसँग कांग्रेसका रामहरि खतिवडा प्रतिस्पर्धा गर्दै छन्। ०७० को संविधानसभाको निर्वाचनमा विजयी भएका यी दुवै नेता  जनतामा उत्तिकै लोकप्रिय मानिन्छन्। जिल्लामा धेरैजसो खतिवडा र सुनुवारकै चर्चा हुन थालेको छ।

त्यस्तैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नं एक मा वाम गठबन्धनका तर्फबाट अम्विरबाबु गुरुङ र  कांग्रेसका तर्फबाट मित्रसेन दाहाल प्रतिस्पर्धामा देखिएका छन्। ओखलढुंगामा विशेष गरी यतिबेला निर्वाचन क्षेत्र नं एक बढी चर्चाको क्षेत्र बनेको छ।

यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका पोलिटब्युरो सदस्य मोहनकुमार खड्का हिमशिखर, कांग्रेसका जिल्ला पार्टी सभापति प्रदीपकुमार सुनुवार, कांग्रेसकै विद्रोही उम्मेदवार तरुणदल जिल्ला सभापति ज्ञानेन्द्र रुम्दाली उम्मेदवार छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.