|

गोरखा : माओवादी केन्द्रबाट समानुपातिकतर्फको उम्मेदवार सूचीमा रहेकी नेत्री सुशीला सिम्खडा सवार मोटरसाइकलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ।

भीमसेन गाउँपालिका- ३ धावामा निर्वाचन विशेष चेकजाँचका क्रममा मंगलबार प्रहरीले सिम्‍खडा सवार बा७३प ३३८६ नम्बरको मोटरसाइलमा नाइन एमएम पेस्तोलसहित ३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए।

मोटरसाइकलमा बाँधेर ल्याएको झोलामा उक्त हतियार भेटिएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल चालक गुणप्रसाद खनाल फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले चेकजाँच गरिरहेको थाहा पाएपछि पेस्तोल राखेको झोला फालेर चालक खनाल फरार भएको प्रहरीले बताएको छ।

हतियार बरामद भएकोबारे समानुपातिकको बन्दसूचीमा रहेकी माओवादी नेत्री र माओवादी पार्टीका नेताहरुसँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.