|

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिका–४ तामाघाटमा बुधबार बिहान ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पाँचखाल– ९ का प्रेमबहादुर कुँवरका अन्दाजी ४ वर्षका छोरा रामबहादुर कुँवरको ट्रिपरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। अभिभावकसँग सामान किन्न बजार आएका कुँवरलाई बिहान करिब पौने ९ बजे सडक पार गर्ने क्रममा बा४ख ३२६८ नम्बरको ट्रिपरले ठक्कर दिएको काभ्रेका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए।

घटनापश्चात मृतकका आफन्त र स्थानीयले अरनिको राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्। राजमार्ग सञ्चालनमा ल्याउने प्रयास गरिरहेको मरासिनीले बताए। ‘हामी राजमार्ग खुलाउने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘पीडित पक्ष र प्रहरीको गरी दुवैतर्फका बसेर छलफल भइरहेको छ। छिट्टै वार्ता टोली गठन गरेर आवश्यक छानबिन गरी सडक सुचारु गर्ने प्रयासमा छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.