|

पाँचथर : फिदिम नगरपालिका वडा नम्बर– २ पुरानो बसपार्क नजिकैको बाँसघारीमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। भैरवी दल गणबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले बिहान ८ बजे विष्फोटक पदार्थ निष्क्रिय पारेको हो। 

विस्फोटक पदार्थ स्वीचसहित जडान गरी राखिएको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए। विस्फोटक पदार्थ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

चुनाव विथोल्न चाहने शक्तिले सक्रियता बढाउन खोजेको पाइएको र शंकास्पद् समूहमाथि निगरानी थालिएको जिल्ला सुरक्षा समिति संयोजकसमेत रहेकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई (खतिवडा)ले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.