|

जनकपुरधाम : अवैध लागुपदार्थ गाँजासहित ३ जना  पक्राउ परका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष टोलीले धनुषाको सबैलाबाट खोजतलासको क्रममा १० केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ का ५० वर्षीया लसिया देवी महरा, महराकै २४ वर्षीया छोरा देवेन्द्र महरा र सोही ठाउँ बस्ने ४३ वर्षीया रामअवतार महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिएका छन्।

लसियादेवी २ असोजमा प्रदेश नं. २ मा भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखकी उम्मेदवारसमेत बनेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष प्रहरी टोलीले सूचनाको आधारमा धनुषाको सबैला नगरपालिका वडा नं. १३ ढोलबजारमा लुकाईछिपाई राखेको अवस्थामा खानतलासी गर्दा ३ वटा पोकामा विक्री वितरणको लागि राखिएको अवस्थामा १० केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेको अभियुक्तहरुको साथबाट ३ वटा पोकामा रहेको १० केजी गाँजा, मोबाइल २ थान, सिम २ थान बरामद भएको छ। अभियुक्तहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट लागू औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक प्रवीण धितालले जानकारी दिएका छन्।

मदिरा नष्ट

धनुषाको विभिन्न स्थानबाट अवैद्य रुपमा उत्पादित मदिरा प्रहरीले पक्राउ गरी नष्ट गरेको छ। धनुषाको राजमार्ग क्षेत्रबाट उत्पादन गरेर जनकपुर क्षेत्रमा भित्र्याउन लागिएको करिब २ सय लिटर अवैद्य मद्दिरा पक्राउ गरी नष्ट गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.