|
फाइल फोटो

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका निकुञ्ज विस्थापित परिवारका पाँच घर हात्तीको बथानले भत्काएको छ। 

बुधबार राति निकुञ्ज क्षेत्रबाट शिविरमा आएको २०\२५ हात्तीको बथानले दिलबहादुर लुहार, जितराम चौधरी, लालबहादुर डगौरा, विजय डगौरा, दुखराम डगौराको घर भत्काई अन्न खाएर नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीकानायब निरीक्षक लालमणि जोशीले बताए।। 

'घरमा रहेका सबै अन्न खाएर नोक्सानी गरेको छ। निकुञ्ज प्रशासनले अनुमति नदिँदा पूरै धान चुट्न पाएका थिएनौं', स्थानीय जितबहादुरले भने, ‘घरभित्र र आँगनमा राखिएको सबै धान हात्तीले खाएपछि बिचल्लीमा परेका छौं।’  हात्तीको अाक्रमणबाट १० भन्दा बढी चौपायासमेत  घाइते भएको उनले बताए। 

हात्तीको डरले शिविरमा जानसमेत डराएर नजिकको बस्तीमा जान थालेको स्थानीय बासिन्दाले बताए। एक महिनादेखि हात्तीको बथान तारापुर शिविरकै ताराताल क्षेत्रमा बस्दै आएको छ। शिविर नजिकका जोनापुर, रानीपुर, ढकनीया लगायतका बासिन्दा आतंकमा बस्न बाध्य छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.