|

कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका वडा ४ को गोठीमा जुम्ला मतदाता शिक्षा सामग्री लुटिएको छ। गोठी मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामाग्री अज्ञात समूहले लुटेको हो।

मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बीच बाटोमा सामाग्री लुटिएको जिल्ला निर्वाचन कार्यालय कालिकोट जनाएको छ।   

मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। निर्वाचन शिक्षा कार्यक्रमको सामाग्री लुटिएकोले काम गर्न असहज भइरहेको निर्वाचन कार्यालय कालिकोटले जनाएको छ।

निर्वाचन कार्यालय कालिकोटका प्रमुख मणिराम भट्टराईले अज्ञात समूहले लुटेको र  निर्वाचन शिक्षा सामाग्री पठाउन लागिएको बताए। ‘मतदातालाई निर्वाचन शिक्षा दिन जानेक्रममा अवरोध सिर्जना भएको छ' उनले भने,‘पोस्टर लगायतका नमुना मतपत्र च्यातिएको खबर आएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.