|
फोटो : नेपाली कांग्रेसको सचिवालय

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीमा आइतबार तनहुँको भानु नगरपालिका १० कालिमाटीमा वम विस्फोट भएको छ। गोरखाको पालुङटारमा कांग्रेस र नयाँ शक्ति पार्टीको संयुक्त चुनावी सभालाई संबोधन गरेर लमजुङ जाने क्रममा उनी चढेको बा १३ च ३७४६ नम्बरको गाडीमा वम विस्फोट भएको हो। 

वम विस्फोटबाट पौडेलको गाडीको सीसा फुटेको छ। अगाडि सिटमा बसेका पौडेललाई भने केही नभएको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिएका छन्। घटनामा पौडेलको स्कर्टिङमा रहेका एक जना प्रहरी घाइते भएका छन्। 

घटनाबारे प्रतिक्रिया दिँदै नेता पौडेलले यो आक्रमणले लोकतन्त्रमाथि नै धावा बोलेको बताए। ' यो आक्रमणले लोकतन्त्रमाथि नै धावा बोलेको छ, यस्तो घटनाबाट भयभीत नहुन र नआत्तिन म आग्रह गर्दछु'  पौडेलको भनाइ उधृत गर्दै उनका स्वकीय सचिव अधिकारीले भने 'शान्ति सुरक्षाको अवस्था फितलो भयो, शान्ति सुरक्षाको अवस्था मजवुत पार्न सरकारलाई आग्रह गर्दछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.