|
Photo–janatasamachar.com

कैलाली : बर्दगोरिया साप्ताहिकका सम्पादक तथा जनता टेलिभिजनका कैलाली संवाददाता लक्ष्मी जैसी माथि गएराति आक्रमण भएको छ।  

दिउँसो  मोहन्याल गाउँपालिकाको सोल्टामा एमालेको चुनावीसभाको रिपोर्टिङ गरेर राति अबेर   घर फर्केका पत्रकार  जैसी माथि राति १२ बजेर ४० बजेतिर अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

४, ५ जनाको समूहले आक्रमण गर्दा लक्ष्मीकी आमा नन्दीदेवीसमेत गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको पारिवरले बताएको छ।

पत्रकार महासंघ  कैलाली शाखा र नेपाल प्रेस युनियन लम्की शाखाले विज्ञप्ति निकालेर घटनाको भर्त्सना गरेका छन्। घटनाबारे तत्काल छानविन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.