|
Photo : DC NEPAL

चितवन : मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो। आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए। तर, परिवार शोकमै थियो। वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा काठमाडौंस्थित निवासमा आमा सीता र छोरा प्रकाश थिए। तर, छोराको निधनपछि सीतालाई छाडेर प्रचण्ड कार्यक्रममा जान सकेनन्। प्रचण्ड र सीतासँगै छोरी–बुहारी पनि गृहजिल्ला चितवन पुगेका थिए।

११ बजे सुरु हुने भनिएको सभा तीन घन्टा अबेर सुरु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए। उपस्थित समर्थकलाई अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्डपत्नी तथा प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन्।

प्रचण्डसँगै बसेकी सीता भावुक थिइन्। उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए। प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन्। प्रचण्डसँगै बसेकी सीता भावुक थिइन्। उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए। प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन्।

प्रचण्डले सीतालाई सम्हाल्न निकै प्रयत्न गरे, तर उनी आफै पनि असहाय देखिन्थे। प्रचण्डको जोड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी छोरी रेणु (जो भरतपुर महानगरकी मेयर पनि हुन्) अघि बढिन्। आमालाई सम्झाउन उनलाई पनि गाह्रो परिरहेको थियो।

मञ्चको तल्लो भागमा प्रकाशको ठूलो तस्बिर राखिएको थियो। तस्बिरमा सबै अतिथि र परिवारका सदस्यले श्रद्धाञ्जली अर्पण गरेका थिए। तर, परिवारका सदस्यले तस्बिर भने हेर्न सकेनन्। पुत्र वियोगमा रहेकी सीता र पति वियोगमा रहेकी विना पूरै समय कार्यक्रमस्थलमा बस्न सकेनन्। बीचमै उनीहरू मञ्चबाट बाहिरिए।

प्रचण्डले पनि कार्यक्रमलाई सम्बोधन गरेनन्। बरु उनले रौतहटको चन्द्रपुरमा भएको बम विस्फोटमा परी घाइते भएकालाई भरतपुर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.