काठमाडौंः गायिका देशु गोलेको नयाँ गीत ‘यो दिलको राजा’ सार्वजनिक भएको छ। देशुकै शब्द रहेको यस गीतमा नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत छ।
लोकप्रिय संगीतकार अर्जुन पोखरेलले यस गीतको म्युजिक एरेन्ज गरेका हुन्। प्रेमभाव रहेको यस गीतको भिडियोमा शिल्पा पोखरेल, रक्षा श्रेष्ठ र गौरव पहारीको अभिनय छ। भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन्। गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका छन्। देशुले यसअघि ल्याएको ‘सायद मलाई’ बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए। ‘यो गीतलाई पनि रुचाइदिनुुहुन्छ भन्ने विश्वास छ’, हाल काठमाडौंमा रहेकी देशुले भनिन्, ‘म जहाँ रहे पनि मेरो मन सधैँ नेपाली नै हो, त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन।’
हेर्नुहोस् भिडियाे:
तपाईंको ईमेल गोप्य राखिनेछ ।