|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका- ८ लागर्चे मतदान स्थलको क र ख दुवै बुथमा अझै मतदान सुरु हुन सकेको छैन।

लोकतान्त्रिक र वाम गठबन्धनबीच हिजो भएको झडप अझै साम्य नहुँदा मतदान सुरु हुन नसकेको हो। लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनका केही कार्यकर्तालाई पक्राउ नगरेसम्म मतदान सुरु हुन नदिने अडान लिएको छ। बिहान पनि झडप भएको थियो।

यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबरा र वाम गठबन्धनबाट एमालेका शेरबहादुर तामाङ प्रतिनिधिसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.