|

रुकुम : पतपेटिकामा एसिड हालेर आगजनी गरिएको रुकुमका २ वटा मतदान केन्द्रमा पनि केही समय रोकिए पनि अहिले मतदान जारी रहेको छ। एसिडका कारण जलेको मतपेटिका क्षेत्रको मतदान रोकेर अन्य मतदानको कार्य जारी रहेको रुकुमका प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार एसिड राखिएको रुकुमको बाँफिकोटको मतदान केन्द्रमा प्रत्यक्ष तर्फको प्रतिनिधिसभा र आठबिसकोट नगरपालिकाको समानुपातिक तर्फको मतदान रोकेर अन्य मतदानको काम भइरहेको हो।

रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय मावि गत्तासैनामा रहेको मतदान केन्द्रको समानुपातिक मतपेटिकामा एसिड प्रयोग गरेर जलाइएको थियो। एसिड प्रयोग गरेर जलाउने नेपाली कांग्रेसको तर्फबाट एजेन्ट बसेका आठबिसकोट नगरपालिका ११ का केशव खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई मतदान केन्द्र रहेको उक्त माविमा मतदान केन्द्र ‘ख’ को समानुपतिक मतपेटिका जलाइएको थियो। त्यस्तै, रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा मतदान केन्द्रमा आगजनी भएको थियो। जसमा विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले एसिड प्रयोग गरेको अनुमान गरिए पनि मतदानकै लागि गएका मतदाताले नै एसिड प्रयोग गरेर मतपेटिका क्षति गरेको प्रहरीले बताएको छ।

जहाँ २ वटा मतदान केन्द्र मध्य मतदान केन्द्र क को प्रतिनिधिसभा प्रत्यक्ष तर्फको मतपेटिका एसिड प्रयोग गरेर आगजनी गरिएको थियो। घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यसैबीच, रुकुमको अर्को आठविसकोट नगरपालिका–३, को हिमालय मावि खदी मतदान केन्द्रको एक मत पेटिकामा पनि एसिड खसाउन प्रयास गर्ने एक महिलालाई पक्राउ गरिएको छ। स्थानीय रुपा विकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रुकुम प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.