|

कावासोती : नवलपुरमा सवारीसाधनको ठक्करबाट शनिबार राति एक जनाको मृत्यु भएको छ। देवचुली नगरपालिका वडा नम्बर १७ मा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख १३३४ नम्बरको यात्रुबाहक बसले शनिबार राति ठक्कर दिँदा पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ३५ वर्षीय माया पौडेल रहेको प्रहरीले जनाएको छ। बस र चालक प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.