|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस युवा नेता गगन थापालाई लक्षित गरी सोमबार बिहान बम आक्रमण भयो। आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुढानीलकण्ठ नगरपालिका- २ चपली भंगालमा घरदैलोका क्रममा थापाको टोलीलाई लक्षित गरी बम आक्रमण भएको थियो। आक्रमणमा परी गगनसहित ११ जना घाइते भएका छन्। जसमध्ये राजकाजी श्रेष्ठ, रिनु बडुवाल र श्यामकृष्ण श्रेष्ठको अवस्था गम्भीर छ।

आक्रमणमा परेपछि उपचारका लागि गगन टिचिङ अस्पताल महाराजगञ्ज पुग्दा त्यहाँ कांग्रेसका नेता/कार्यकर्ता तथा शुभचिन्तकहरुको ठूलो भीड लागेको थियो। प्रहरीलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो। सामान्य उपचारपछि गगन चुनावी अभियानमा फर्किसकेका छन्।

हेर्नुहोस् गगन टिचिङबाट निस्किँदै गर्दाको तस्बिर :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.