|

भद्रपुर (झापा) : झापा जिल्लामा समानुपातिक तर्फको मतगणना सोमबार दिउँसो २ बजेपछि सुरु हुँदैछ।

जिल्ला समन्वय समितिको कार्यालय भद्रपुरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बसेको सर्वपक्षीय बैठकले दिउँसो २ बजेपछि समानुपातिक तर्फको मतगणना सुरु गर्ने निर्णय गरेको छ। आइतबार बेलुकासम्म प्रतिनिधि तथा प्रदेशसभा प्रत्यक्ष सदस्य तर्फको मतगणना सम्पन्न भइसकेको छ।

प्रत्यक्षको मतगणना सम्पन्न भएलगतै पाँचै वटा निर्वाचन अधिकृतको कार्यालयबाट एक साथ समानुपातिक मतगणना सुरु हुने झापाका निर्वाचन अधिकारी गोपाल आचार्य जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभा तर्फ ४९ दलको र प्रदेश नम्बर १ मा २७ दलको चुनाव चिह्न समानुपातिक रहेको बताए।

मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा ७०.९४ प्रतिशत मत खसेको थियो। ५ लाख ८५ हजार १६६ मतदाता संख्या रहेको जिल्लामा ४ लाख १५ हजार १ सय ३ मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ।

जसमध्ये झापा क्षेत्र १ मा ७५ हजार ९ सय ९०, क्षेत्र २ मा ८५ हजार ८ सय १६, क्षेत्र ३ मा ८२ हजार ९ सय २४, क्षेत्र ४ मा ७७ हजार ३ सय २५ र क्षेत्र ५ मा ९३ हजार ४८ मत समानुपातिक तर्फ गणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.