|

इलाम : इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बुधबार राति स्थानीय भवीन्द्र नेपालीको घरमा आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा जलेर घाइते भएकी थिइन्।

इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राति बालिएको टुकीबत्ती लडेर आगलागी भएको र भाग्ने क्रममा पवित्रा घाइते भएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

आगलागीबाट नेपालीको घर र भाँडा, लत्ताकपडा, खाद्यान्न तीन लाख रुपैयाँभन्दा बढीका सरसमान नष्ट भएको प्रहरीले बताएको छ। स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.